नियम २१
प्रतिरक्षा सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ८१ को उपदफा (२) बमोजिम कुनै कसूरको अभियोगमा मुद्दा चलाईएको अभियुक्तले आफ्नो प्रतिरक्षाको लागि प्राड अधिकृत खटाई पाउँ भनी प्राड विवाकको प्रतिरक्षा शाखामा निवेदन दिन सक्नेछ । त्यस्तो निवेदन
प्राप्त भएमा प्राड विवाकले अभियुक्तको प्रतिरक्षाको लागि प्राड अधिकृतको व्यवस्था गरिदिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खटिएको प्राड अधिकृतले सैनिक अदालतमा उपस्थित भई अभियुक्तको तर्फबाट बहस पैरवी लगायत निजको प्रतिरक्षा सम्बन्धी कार्य गर्नेछ ।
(३) अभियुक्तको तर्फबाट प्रतिरक्षा गर्ने प्राड अधिकृतले अभियुक्तको विरुद्धमा वा निजको प्रतिकूल हुने गरी कुनै प्रमाण लगायतका कुराहरू सैनिक अदालत समक्ष पेश गर्न सक्ने छैन । अभियुक्त र निजको प्रतिरक्षा गर्ने प्राड अधिकृतबीच भएका कुराहरूको बारेमा
सैनिक अदालतमा प्रश्न उठाउन र त्यस्ता कुराहरू सैनिक अदालत समक्ष प्रकट गर्न बाध्य पारिने छैन ।
(४) सैनिक अदालतका अध्यक्ष एवं सदस्यहरूले अभियुक्तको प्रतिरक्षा गर्ने प्राड अधिकृत उपर कुनै पनि किसिमले नकारात्मक असर पर्ने गरी प्रभाव पार्नु हुँदैन र निजले प्रतिरक्षाको सिलसिलामा उठाएका कुनै पनि कुरालाई लिएर निज उपर कुनै नकारात्मक
टीकाटिप्पणी गर्नु हुँदैन ।